दफा ९
छिन्न बाँकी मुद्दा मामिला सर्ने
यो ऐन प्रारम्भ हुनुभन्दा अघि सर्वोच्च अदालतमा बाहेक अन्य कुनै अड्डा अदालत वा अधिकारीका समक्ष दायर भै छिन्न बाँकी रहेको उखडा जग्गाका किसान र जग्गाधनीको हक बेहक सम्बन्धी मुद्दा मामिला यो ऐन प्रारम्भ भएपछि दफा ७ अन्तर्गत गठित तोकिएको अदालतमा सर्नेछ र सो तोकिएको अदालतबाट कारवाही र किनारा गरिनेछ ।